लकडाउनको समयमा ‘एजुकेशन फ्रम होम क्याम्पियन’ {भिडियाे}

अहिले मुलुक लकडाउनको अवस्थामा छ। यस्तो बेला देशै भरका सम्पुर्ण विद्यालय बन्द भएका छन्। विद्यालयमा निरन्तर पढाई र सिकाईप्रति ध्यान दिने बालबालिका अहिले घरभित्र सिमित भएका छन्। यस्तो बेला कोरोना भाइरसको संक्रमणबाट जोगिन पनि उनीहरु बाहिरी खेलबाट समेत बञ्चित भएका छन्। 

यस्तो अवस्थामा विद्यालय जाने उमेर समुहका ती बालबालिकालाई घरभित्रबाट सिकाईका विभिन्न क्रियाकलापमा ध्यान केन्द्रित गराउन वीरगञ्जको रोयल एकेडेमीले सृजनात्मक कार्यको सुरुवात गरेको छ। आफ्ना विद्यालयमा अध्ययनरत स–साना बालबालिकाले टिभि,मोबाइल तथा कार्टुनतर्फ बढि समय नदिउन भन्ने उद्देश्यले ‘एजुकेशन फ्रम होम क्यामपियन’ सुरु गरेको हो। 

यस लकडाउनको समयमा विद्यालयका शिक्षक तथा शिक्षिका प्रत्यक्ष सम्पर्कमा नआएपनि फेसबुक पेजमार्फत ती बालबालिकाले वाचन गरेका नेपाली तथा अंग्रेजी भाषाका कविता, वादविवाद, वक्तृत्वकला,नृत्यकला तथा चित्रकला गर्दै गरेको भिडियो सार्वजनिक गर्ने गरेको विद्यालयकी संस्थापक प्रध्यानाध्याक सबनम श्रेष्ठ बताउछिन्। 

‘यसका लागि हामी सुरुमा फेसबुक पेजमार्फत अभिभावकलाई जानकारी गराउछाैं। त्यसपछि  बालबालिकाको उमेर र कक्षाअनुसार प्रतियोगीताको बारेमा बुझाउछौं त्यसपछि उनीहरुको भिडियोलाई स्कुलको पेजमा हाल्ने गर्छौ,’ श्रेष्ठले भनीन्,‘ उत्कृष्ट नतिजाका लागी हामीले दक्ष शिक्षकलाई जिम्मा दिएका छौं। यसरी पेज मार्फत नै अभिभावकलाई जानकारी दिई उत्कृष्ट तीन जना विद्यार्थीलाई विद्यालय खुल्ना साथ पुरस्कृत गर्ने योजना बनाएका छौं।’

कक्षा ६ सम्म पढाई हुने रोयल एकेडेमीमा पीजीदेखिका बालबालिकालाई यस क्यामपियनमार्फत सृजनात्मक कार्यमा संलग्न गराइएको छ। यस अभ्यासलाई बालबालिकाले गृहकार्य कै रुपमा लिएका छन्।

‘कक्षा पीजीदेखी युकेजीका बच्चाका उमेर र सिकाईका अनुसार कविता प्रतियोगीता १,२ का लागि बालबालिकाका लागि वक्तृत्वकला र नृत्यकला ३ देखि माथिसम्मका विद्यार्थीलाई वादविवाद प्रतियोगीता गराउदैँ छौं,’ प्रधानाध्यापक श्रेष्ठले भनिन्।

यसरी बालबालिकाहरु घर भित्रबाटै दिनको केही समय आफ्नो विद्यालयलाई दिन थालेका छन्। घर बसेर बालबालिकाहरु अन्य कामभन्दा विद्यालयको प्रतियोगीताको लागि सृजनात्मक कार्यमा समय दिन थालेपछि अभिभावक पनि खुशी भएका छन्।

प्रकाशित मिति: : 2020-04-06 14:36:04

प्रतिकृया दिनुहोस्