कुप्रचारले सरकार कमजोर हुँदैन, बेमौसमी बाजा नबजाऔँ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले कुप्रचारले सरकार कमजोर पार्न नसक्ने दाबी गरेका छन्। भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारले सरकार कमजोर नहुने उनले बताएका हुन्।

मगंलबार राष्ट्रका नाममा संबोधन गर्दै ओलीले कहीँकतै हुने अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किन्चित पछि नपर्ने बताए।

‘समाजमा उठ्ने गरेकाे खासगरी मिडिया र सामाजिक सञ्जालमा उठ्ने गरेका आलोचना, टिप्पणी र सुझाबप्रति मैले पर्याप्त ध्यान दिएको छु,’उनले भने,‘आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पुरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हुन।’

प्रधानमन्त्री ओलीले मानवजातीविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट हुनुपर्ने बताए। ‘यो समय एकजुट भए। लड्नु पर्ने समय हो। सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पुरा गर्न निराधार आरोप र मिथ्याप्रति अपठ्यारो अवस्थामा रहेका व्यक्तिलाई निरुत्साहित मात्रै गर्न मिल्दैन,’उनले भने।

प्रधानमन्त्री ओलीले संवैधानिक अंगले गरेको फैसलाको पूर्ण पालना गर्ने समेत बताए। ‘सरकारका काम कुनै पनि संवैधानिक अंगभन्दा माथि हुँदैनन्। तीनले गर्ने अध्ययन र पैसलाका लागि सरकार हमेसा तयार हुन्छ। तर कामै गर्न नसक्ने, र प्रक्रिया नै सुरु गर्न नसकिने गरी निराधार आरोप नलगौं।’

यति बेला सबैभन्दा ठूलो चुनौति स्वास्थ्य उपकरणको आपूर्तिमा थपिएको उनले बताए। उनले मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको बताए।

त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको उनले बताए। ‘अवस्था सामान्य होस् या असामान्य सरकारका कामकारवाहीहरु विविसम्मतरुपमा हुनुपर्छ र सुशसानका लागि खरो उत्रनै पर्छै’ प्रधानमन्त्री ओलीले भने।

नागरिकको जीवनरक्षा भन्दा महत्वपूर्ण कुरा अहिले अरु हुन नसक्ने उनको भनाई थियो। सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु असामान्य अवस्थाका लागि पर्याप्त नहुने उनले बताए।

प्रकाशित मिति: : 2020-04-07 12:12:43

प्रतिकृया दिनुहोस्