नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। 

मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो। यसरी नियुक्त गभर्नरले प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान नेपाल राष्ट्र बैंक ऐन, २०५५ को दफा १०८ मा छ। त्यही प्रावधानअनुसार, गभर्नर अधिकारीले सपथ लिएका हुन्।

सपथलगत्तै अधिकारीले आजै आफ्नो जिम्मेवारी सम्हालेका छन्। राष्ट्र बैंकको कार्यालय, बालुवाटार पुगेर उनले जिम्मेवारी सम्हालेका हुन्।


 

प्रकाशित मिति: : 2020-04-07 12:27:30

प्रतिकृया दिनुहोस्