चीनसँग नजिकिएको ट्रम्पको आरोप विश्व स्वास्थ्य संगठनद्वारा खण्डन

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको विषयमा संसारलाई सूचना लुकाएको र चीनको पक्ष लिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई वर्षेनी दिँदै आएको आर्थिक सहयोग रोक्ने धम्की दिएपछि संगठनले त्यसको खण्डन गरेको छ।

डब्ल्युएचओका युरोप क्षेत्रीय निर्देशक डा‍ ह्यान्स क्लुगले पत्रकारसँगको अन्तर्वार्तामा भनेका छन्,‘कोरोनाविरुद्धको लडाईं अझै जारी छ। अहिले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्ने बेला हो। सहयोग झिक्ने बेला होइन।’ स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता अमेरिका मानिन्छ। 

अहिले पश्चिमा शक्ति एक भएर कोरोना संक्रमणकाे विषयमा चीनको विरोधमा उत्रिएका छन्। बेलायती र अष्ट्रेलियाको मन्त्रीले सार्वजानिक रुपमै कोरोना भाइरस चीनको अस्वस्थ मासुको ब्यापारबाट आएको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने र यो संयुक्त राष्ट्रसंघमा छलफलको विषय हुनुपर्ने बताइसकेका छन्। 

भारत लगायत पश्चिमा मुलुक चीनमा मृत्यु हुनेको संख्या चीनले लुकाइरहेको दाबी गरिरहेका छन्। डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले चीनको पक्ष लिएको, शुरुमै आवश्यक जानकारी नदिएको र उहानमै गएर वास्तविक सत्यतथ्य बाहिर नल्याएको आरोप लगाउँदै टेड्रोसको बहिर्गमन चाहिरहेका छन्। 

युरोपेली रिसर्च काउन्सिलका अध्यक्षले दिए राजीनामा

युरोपेली संघको कामगर्ने शैली चित्त नबुझेर गत जनवरीमा नियुक्त युरोपेली रिसर्च काउन्सिलका अध्यक्ष मौरो फेरारीले राजीनामा दिएका छन्। युरोपमा महामारी शुरु भएदेखि नै उनले पर्याप्त बजेट मागेर जमीनदेखि माथिसम्म नाम दिएर संयुक्त रुपमा कोरोनाविरुद्ध लड्ने कार्ययोजना अगाडि ल्याएका थिए।

तर युरोपेली देशहरुले एक्लाएक्लै आफ्नो अनुकूल रणनीति बनाएर काम गरेका थिए। विश्व स्वास्थ्य संगठनले सिमानामा कडाई गरेरभन्दा सीमा खुकुलो पारेर युरोपेली युनियनले संयुक्त रणनीति बनाएर जान उनले सुझाएका थिए। तर त्यसो हुन सकेन। 

मौरी फेरारीले भने, ‘मैले युरोपका रिसर्च सेन्टरलाई क्रियाशील बनाएर जमीनदेखि युनियनसम्म रणनीतिक योजना बनाएको थिएँ। तर त्यसो हुन सकेन। म त्यहाँ बस्नुको अर्थ छैन। मलाई युरोपेली मुलुकको कामगर्ने शैली देखेर दिक्क लागेको छ।’

प्रकाशित मिति: : 2020-04-09 08:14:56

प्रतिकृया दिनुहोस्