हामीले फोन गरेका छैनौँ, पासवर्ड कसैलाई नदिनुहोला: इन्भेस्टमेन्ट बैंक

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल इन्भेस्टमेन्ट बैंकले लकडाउनको समयमा साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ।

 बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको स्पष्ट पारेको छ।

साथै त्यसरी मागे बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ।

ग्राहकको गोप्य विवरण बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने बैंकले बताएको छ। 
 

प्रकाशित मिति: : 2020-04-09 08:52:12

प्रतिकृया दिनुहोस्