सुत्केरी भोकभोकै, खोइ राहत ?

 

राजकरण महतो

संगीता सादा ४५ दिनकी सुत्केरी हुन्। उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ। तर, उनले नुनरोटी पनि खान पाएकी छैनन्। आमाको दूध खान नपाएर संगीताकी छोरी सञ्जना रुन्छिन्।

महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहास्थित मुसहर बस्तीमा सुत्केरी आमालाई लकडाउनले सताएको छ। सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन।

राहतमा राजनीति हुँदा प्रदेश २ मा वितरणमा ढिलाइ भइरहेको छ। गरिबलाई दिने राहतको नामावलीमा धनीको नाम समावेश रहेको बर्दिबास नगरपालिका १ का वडाध्यक्षले बताए।

प्रकाशित मिति: : 2020-04-11 07:45:43

प्रतिकृया दिनुहोस्