लकडाउनले दोहोरो चपेटामा द्वन्द्वका विस्थापित

महेश न्यौपाने

कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलने जोखिम कायमै भएकाले लम्बिँदै गएको लकडाउनले रोल्पाका विस्थापितको दैनिकी कष्टमय बन्दै गएको छ। माओवादी सशस्त्र युद्धताका आफ्नो थाकथलो छोडेर सदरमुकाम लिबाङ बस्दै आएका उनीहरू लम्बिँदै गएको लकडाउनले भोकमरीको समस्या सिर्जना भएको बताउन थालेका छन्। 

ज्याला मजदुरी  गरेर परिवार पाल्दै आएपनि लकडाउनले काम बन्द हुँदा साँझबिहानको छाक टार्नै मुस्किल पर्न थालको विस्थापित चन्द्रबहादुर पुनले बताए। 'परिवारका ५ सदस्यको हातमुख जोर्ने माध्यम मजदुरी पनि बन्द भएको छ,' पुनले भने,  'वडा कार्यालयले प्रतिव्यक्ति ३  किलाको दरले दिएको चामल ३ दिन नबित्दै सकियो।'

प्रकाशित मिति: : 2020-04-11 21:30:02

प्रतिकृया दिनुहोस्