
जलेको सिंहदरबार
रविन पुन मगर (आइडु)
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले विभिन्न एजेण्डासहित आ-आफ्नो उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेका छन्।
तिनै दल र उम्मेदवारहरु आफ्नो पार्टीको सिद्धान्त, विचार र एजेण्डा जनतालाई बुझाउँदै जनताको मत तान्न लागिपरेका छन्।
यसैबीचमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन्।
आम चुनावको तयारी र योजनाको विषयमा केन्द्रित रहेर उनै पराजुलीसंग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु) ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
तपाईं एउटा सफल व्यवसायी रहँदारहँदै पनि किन राजनीतिमा आउनुभयो?
हो, म एउटा व्यावसायी हुँ। एक हदसम्म मैले आफ्नो क्षेत्रमा सफलता प्राप्त गरिसकेको छु। त्यो सफलताले मेरो व्यक्तिगत र पारिवारिक जीवनमा एक लेभलको मेन्टेन गरेको छु। तर जीवन केवल परिवारसंग मात्रै सिमित राखेर आफूलाई सहि महसुस गरिराखेको छैन। तपाईं हामीले महसुस गरिराखेको राजनैतिक अवस्था हो, देशमा यति ठुला परिवर्तन हुँदा आशाका किरण थुप्रै पलाएका थिए। तर हामीले भोगिराखेको अवस्था परिवर्तन गर्नका लागि तपाईं हामी जस्ता व्यक्तिहरु फ्रन्ट लाइनमा आउनुपर्छ।
नेता र दललाई गाली गरेर मात्रै परिवर्तन हुँदैन। हामीहरु आफैँले सकेको सकारात्मक योगदान दिनैपर्छ। जसका लागि प्रत्यक्ष राजनीतिमा होमिनु अनिवार्य हो भन्ने लागेर आएँ।
विगतमा पनि मैले राजनीतिलाई नजिकबाट नियाल्दै आएको हुँ। राजनीतिलाई मैले कहिल्यै पेशा बनाइनँ। पेशागत राजनीति गर्नेहरुले काम नगरेपछि आफू नै आउनु परेको हो। सकारात्मक सोच बोकेर राजनीतिमा आउनै पर्ने स्थिति आएर म पनि राजनीतिमा होमिएको हुँ।
काठमाडौँमा स्वतन्त्र उम्मेदवारको लहर चलिरहँदा तपाईं चाहिँ किन राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनुभयो?
यो थुप्रै मान्छेहरू राख्ने जिज्ञासा हो। तर आम मान्छेहरूले नबुझेको कुरा के हो भने यो बहुदलीय पद्धतिमा अझ प्रतिनिधिसभाको कुरा गर्दै छौँ। त्यहाँ विधायक र कानुन बनाउन जाने हो र यो काम कार्यकारीभन्दा अलि फरक पनि हो।
यहाँहरुले स्वतन्त्र उम्मेदवारको चर्चा गरिराखेको कुरा कार्यकारी क्षेत्रमा छन्, जस्तै मेयरको कुरा। उहाँहरुको कुराबाट आएको प्रसंग ठिक छ। तर बहुदलीय व्यवस्थामा स्वतन्त्र रुपमा विजयी भएर जाँदै गर्दा त्यहाँ त्यसको के अर्थ भन्ने कुरा आउँछ।
दलको विकल्प दल हुन्छ। दलहरूको विकल्पभित्र राष्ट्रिय स्वतन्त्र पार्टी हो। र पनि एक किसिमको ह्विप पनि चलेको छ, स्वतन्त्र व्यक्ति पनि आउनुभएको छ। दलको विकल्प दल हुनुपर्छ व्यक्ति होइन। त्यसैले हामी राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डामुनि घण्टी चुनाव लिएर एक भएका छौँ।
ठुला पार्टीहरूले गठबन्धन, चुनावी तालमेल गरेर निर्वाचनमा होमिदै छन्, तपाईंजस्ता उम्मेदवारहरुलाई गाह्राे पर्दैन?
गाह्राे के अर्थमा पर्ने भन्ने कुरा हो। गठबन्धनको कुरा गर्दा, राजनैतिक घटनाक्रममा जाँदा अघिल्लो समयमा झण्डै दुई तिहाइको सरकार थियो। त्यतिबेला अब परिवर्तन हुन्छ, विकास हुन्छ जस्ताे लागेको थियो। अवस्था सुधार हुन्छ जस्ताे लागेको थियो। तर त्योअनुरुप गएन र आज यो अवस्था भोगिराख्नु परेको छ।
त्यस्तै अहिले भएको गठबन्धन पनि देश र जनताको हितमा नभएर नितान्त व्यक्ति र पार्टीको फाइदाको लागि मात्रै हो। त्यसकारण यो गठबन्धन नै अपवित्र छ। यो गठबन्धनले हामीलाई भन्दा पनि देशलाई चाहिँ एकदमै समस्या पारेको छ। आम नागरिकले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने यी गठबन्धन गरेर आउने दल र नेताहरूलाई कसरी पार लगाउने भन्ने बुझ्न जरुरी छ। मङ्सिर ४ मा जनताले राम्रो र नराम्रो छुट्याउने छन् भन्ने लागिरहेको छ।
तपाईंको मुख्य एजेण्डा/चुनावी मुद्दाहरु के-के हुन्?
सबैभन्दा मुख्य समस्या यहिँनेर छ, योभन्दा अगाडि आउने दलका उम्मेदवारहरुले पनि कति राम्रा चुनावी एजेण्डा बोकेर आएका थिए। तर पनि एजेण्डाअनुसार काम भएन, सबैतिर काम अलपत्र र अपुरो छ। त्यसैले एउटै एजेण्डाले मात्रै काम पुरा हुने छैन।
त्यसैले मुख्य कुरो भनेको बेथिति हो। हिजोको दिनमा भइरहेको बेथिति, भ्रष्टाचारको न्यूनीकरण गर्दै अन्त्य गर्नतिर लाग्नैपर्छ। यी नै आजको सबैभन्दा ठुला एजेण्डा हुन् र यी कुराहरूलाई हामी संविधान र कानुनमा रहेर पुरा गर्न सक्छाैँ। यति कुरामा मात्रै सुधार गर्न सकेमा सबै कुराहरु आफैँ सुधार भएर जान्छन्।
तपाईंले अघिल्ला सांसद, मन्त्रीहरूबाट के कमी देख्नुभयो, चुनावपछि तपाईंको तयारी के छ?
मेरै क्षेत्रका अघिल्ला सांसद र देशैभरिका सांसदले गरेका काम हेर्दा सबैजना असक्षम छैनन्। धेरै सम्भावना बोकेका सांसदहरु पनि थिए। तर उनीहरुको पार्टीका शीर्ष स्थानबाट उनीहरुलाई रोकियो, काम गर्ने वातावरण बनाइदिएन। त्यसैले उहाँहरुले काम गर्न सक्नुभएन। त्यसो भएको हुँदा उहाँहरुलाई दोष दिनु भन्दा पनि अब हामीले तल्लो तहबाट नै सुधार गर्दै लैजानुपर्छ। पार्टीभित्रका बेथिति चिर्न सकेमा सफल भइइन्छ।
एउटा पार्टीसंग जोडिसकेपछि स्वतन्त्र व्यक्तिले जसरी काम गर्न सक्नुहुन्छ? पार्टीको अंकुश लाग्ला नि?
हामीले अगाडि नै स्वतन्त्र उम्मेदवारको बारेमा कुरा गरिसक्यौँ। एउटा स्वतन्त्र व्यक्तिले काम गर्न सक्दैन र अरु ठुला भनिएका पार्टीका सांसदले पनि काम गर्न सक्दैनन्। उसले पार्टीको निर्देशन मान्नुपर्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र हामी स्वतन्त्र विचार बोकेका व्यक्तिहरू छौँ। यो पार्टीभित्र माहोल त्यो छैन। हाम्रो पार्टीले हामीलाई अंकुश हैन, हामीलाई सहयोग गर्छ। चुनाव जितेर गइसकेपछि हामीलाई काम गर्नलाई थुप्रै अवसर दिनेछ। हामीलाई बाधा अड्चन हुने छैन।
तपाईंको क्षेत्रमा राजनीति दलहरूले गठबन्धन गरेर उम्मेदवार पठाएका छन्, स्वतन्त्र उम्मेदवार पनि छन्, यीमध्ये कसलाई बलियो प्रतिद्वन्द्वी मान्नुहुन्छ?
केही केही उम्मेदवारहरु पहिले नै सांसद भइसकेकाहरु पनि मैदानमा हुनुहुन्छ। कति जना त गठबन्धन गरेर आउनुभएको छ। तर उहाँहरु पनि नेताकै छोराछोरी हुनुहुन्छ। के उहाँहरु बाहेक यो क्षेत्रमा अरु छैनन् र? त्यस्ता उम्मेदवारहरु हुँदाहुँदै पनि मैले अरुलाई प्रतिद्वन्द्वी देखेको छैन। म मेरो भिजन, एजेण्डा लिएर गएको छु। यो नै हो अहिलेको वास्तविकता।
अन्तिममा क्षेत्र नम्बर ७ का मतदातालाई तपाईंको आग्रह के छ?
क्षेत्र नम्बर ७ बाट उम्मेदवार दिँदै गर्दा तपाईंहरुलाई म को भन्ने लागिरहेको होला। म तपाईंजस्तै आम नागरिक हुँ। राजनैतिक रुपमा परिचित मान्छे छैन। तर हामीले अब कसरी अगाडि बढ्ने भनेर एउटा ब्लु प्रिन्ट नै तयार गरेका छौँ। मैले जितेँ भने यहाँहरुलाई निराश बनाउने छैन। म एउटा सम्झन लायक प्रतिनिधिका रुपमा हुनेछु। जब म काम गर्न सक्ने छैन त्यही दिन तपाईंहरुसामु राजीनामा दिनेछु। तर त्यो दिन आउने छैन। मङ्सिर ४ गते घण्टी चुनाव चिन्हमा भोट दिएर हामीलाई जिताउनुहोस्। तपाईं हामी मिलेर अवस्था परिवर्तन गरौँ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया