कोरोना संक्रमित महिलासँगै बसमा आएका १६ क्वारेन्टाइनमा, १७ जनाको खाेजी

कैलालीको लम्की चुहा नगरपालिका १ मा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ ।

चैत्र १७ गते वीरगञ्जबाट बसमा उनीसँगै ३४ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए। 

यता, लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइँले महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायतको १७ जनाको टोलीसँगै आएको बताए । ‘उनीहरुमध्ये महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा पठाइसकेका छौँ भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राराखिसकेका छौ’ उनले भने । अन्य १७ जना कुन ठाउँका हुन् भन्ने थाहा नभएको बताए ।

केही दिन पहिला काठमाडौंबाट आएको तालिम प्राप्त टोलीले महिलालाई र्‍यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको  थियो । नेगेटिभ देखाएपछि उनी लगाएत अन्यलाई पनि घर पठाइएको थियो। पछि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनभाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला बनेको छ ।

प्रकाशित मिति: : 2020-04-13 15:08:18

प्रतिकृया दिनुहोस्