राैतहटका एक युवकमा कोरोना फेला, संक्रमितकाे संख्या १४ पुग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पुनः अर्का कोरोना भाइरस संक्रमित फेला परेका छन्। रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

आजमात्रै कैलालीको लम्की चुहा नगरपालिकामा वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको थियाे। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकुमा परीक्षण गर्दा पोजिटिभ देखिएको हाे।

उनी वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी थिइन्। वीरगञ्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते प्रवेश गरेका थिए। भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए।

आइतबार वीरगञ्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियाे। 

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन भने तीनजना काठमाडौं, दुईजना बागलुङ र चार जना धनगढीमा उपचारर्थ छन्। 

उनीहरु मध्ये एक निको भइसकेका छन्।

 

प्रकाशित मिति: : 2020-04-13 16:28:57

प्रतिकृया दिनुहोस्