लकडाउनमा ‘अनलाइन कन्सर्ट’, भारतीय कलाकारलाई कारबाहीको चेतावनी

भारत र पाकिस्तानबीचको तनाव अहिले पनि जारी छ। करिब एक वर्षदेखि पाकिस्तानी कलाकारलाई भारतमा या भारतीय कलाकारसँग सहकार्य गर्न प्रतिबन्ध लगाइएको छ।

यसैबीच शनिबार प्रसिद्ध पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायिक हर्षदीप कौर र डिजाइनर विजय अरोडा एक अनलाइन कन्सर्टमा सहभागी भए।

खासमा भारत भरि चलिरहेको छ लकडाउन बीचका मानिसहरूलाई  घर भित्र नै बस्न भनिएको छ।  त्यस्तै सामाजिक संजालको मार्फत सिंगर्सहररुको कन्सर्ट राखिएको छ।  यो कन्सर्टमा सिंगर्सहरु  घरबाटै भाग लिइरहेका छन्। यो कन्सर्ट स्काइप र जूम जस्तो प्लेटफर्मेन्स राखिएको छ। यो कुरा ठकुवा गरिएको छ की धेरै भारतीय सिंगर पाकिस्तानी कलाकारको साथ गाएकाे  देखिएको छ। त्यसपछि फेडरेशन अफ वेस्टर्न इंडिया सिनेमा एम्प्लँजले यी कलाकार विरुद्ध नोटिस जारी गरेको हो। जुन कलाकारले जूम र स्काइपमा पाकिस्तानी कलाकारका साथ भाग लिएका थिए  । यो नोटिसको ट्रेड एनालिस्ट तरन आदर्शले आफ्नो अफिशियल फेसबुक अकाटबाट शेयरगरेका छन्। 

पाकिस्तानी गायक खानसँग उक्त सहकार्य गरेको भन्दै फेडरेशन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोइज् (एफडब्ल्यूआईसीई)ले भारतीय गायिका कौर र डिजाइनर विजय अरोडालाई सचेत गराएको छ। साथै अगामी दिनमा यस्ता खाले कुनैपनि गतिविधि भएको खण्डमा अनुशासनको कारवाही गरिने चेतावनीसमेत दिइएको छ।

एफडब्ल्यूआईसीईका जनरल सेक्रेटरी अशोक दुवेले भनेका छन्, ‘शनिबार विजय अरोरा र हर्षदीप कौरले एक ग्रुपसँग मिलेर अनलाइन गायन कार्यक्रम गरेका थिए। जसमा पाकिस्तानी गायक राहत फतेह अली खान पनि सहभागी थिए। हामीले यसअघि नै कुनै पनि भारतीय कलाकारले पाकिस्तानी कलाकारलाई कुनै पनि सहयोग गर्न नपाउने सूचना जारी गरेका थियौँ। फेरि पनि यो भइरहेको छ। यो अन्तिम चेतावनी हो। आगामी दिनमा पनि यस्तो भएमा सह्य हुँदैन।’

लकडाउनको आडमा यो सब गर्नु गलत भएको दुवेको भनाइ छ। व्यवसायीक प्रयोजनको लागि गरिएको नभए पनि उक्त कार्य आफ्नो निर्देशन विपरित भएको एफडब्ल्यूआईसीईको भनाई छ।

प्रकाशित मिति: : 2020-04-14 18:22:35

प्रतिकृया दिनुहोस्