सीमाबाट जोखिम, कहाँ छन् ५२ हजार ?

मनिका झा

कोराना भाइरस (कोभिड—१९) का चार जना संक्रमित भेटिएपछि प्रदेश २ मा जोखिमको स्तर उच्च छ। वीरगञ्जको छपकैयास्थित जामे मस्जिदमा लुकेर बसेका भारतबाट नेपाल आएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक) कोरोना संक्रमित भेटिए। त्यसको भोलिपल्ट नै रौतहटको इशनाथ नगरपालिका—५ मोतीपुरका १९ वर्षीय किशोरमा पनि यो भाइरस रहेको पुष्टी भयो।

१६ दिनअघि दिल्लीबाट फर्किएका ती युवक एक दिन घरमै बसेका थिए। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएपछि उनी औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसे।

उनको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। संक्रमित युवाको घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्। उनी अन्य कतिजनाको सम्पर्कमा आए भन्ने यकिन हुन सकेको छैन।

 

प्रकाशित मिति: : 2020-04-15 07:25:25

प्रतिकृया दिनुहोस्