कोरोना नियन्त्रणमा जनप्रतिनिधिलाई चटारो

गोरखापत्र

काठमाडौँ

नगेन्द्र सापकोटा

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले चटारो छ । बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन् । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) पालना गर्न अधिकांश नागरिक घरभित्रै भए पनि स्थानीय तहका जनप्रतिनिधि भने सुरक्षित रूपमा सेवा प्रवाहमा खटिँदै आएका छन् ।

स्वास्थ्यकर्मीपछि स्थलगत रूपमै खटिएर कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने काममा जनप्रतिनिधि सक्रिय छन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घका अनुसार अहिले ७५३ स्थानीय तहमा ३६ हजार ७२२ जनप्रतिनिधि छन् । देशभरका स्थानीय तहको तल्लो निकाय वडामा समेत जनप्रतिनिधि सक्रिय छन् । 

प्रकाशित मिति: : 2020-04-15 07:35:11

प्रतिकृया दिनुहोस्