घरमै सीमित स्पेनिस बालबालिका अब चाँडै बाहिर निस्कन पाउने

कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने प्रयास स्वरुप लागु भएको कडा लकडाउनका कारण स्पेनिस बालबालिकाहरु विगत पाँच हप्तादेखि घर भित्रै थिए । तर अब बालबालिकालाई घर बाहिर निस्कन दिइने भएको छ ।

मार्च १४ देखि घरमै सीमित रहेका बालबालिका अब बाहिर निस्कन पाउने भएका हुन् । प्रधानमन्त्री पेद्रो सान्चेजले अप्रिल २७ देखि लकडाउनलाई केही खुकुलो बनाउने र बालबालिकालाई बाहिरको हावा लिन दिने योजना रहेको बताएका हुन् ।

आफ्नै साना सन्तान भएकी बार्सिलोनाकी मेयर एडा कोलाउले यो हप्ता सरकारसँग बालबालिकालाई केही समय बाहिर निस्कने स्वीकृति दिन अपिल गरेकी थिइन् ।

प्रकाशित मिति: : 2020-04-19 07:49:03

प्रतिकृया दिनुहोस्