भावनात्मक बनेर नेपाल फर्कने हठ देखाउनु भन्दा सुरक्षित बसौं

राजेन्द्र अर्याल (जोन )

उप–संयोजक (एनआरएनए) मध्यपूर्व

विश्वमा फैलिदै गएको कोरोना संक्रमण अर्थात ( कोभिड–१९ ) ले आम मानिसमा त्रसित पारेको छ । मानिसको दैनिक जिवन लगायत आर्थिक पक्षमा समेत नराम्रो संग प्रभाव पार्न थालेको छ । विश्वको अर्थतन्त्रमा नै ठुलो हलचल ल्याउने आकंलन गर्न थालिएको छ । बिभिन्न कामको शिलशिलामा विदेशी मुलुकमा कार्यरत नेपालीमा पनि ठुलो असर पार्न थालेको छ । यस्तै धेरै नेपाली रहेको खाडी मुलुक पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेका छैनन् ।

खाडीका मध्यपूर्व क्षेत्रमा १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको बताइन्छ । खाडीका मुलुकहरुमा नेपालीहरु कोरोना संक्रमणबाट के कस्ता समस्या भोग्नु परेको अवस्था छ । यसै समसामयिक विषयमा गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले (एनआरएनए) मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल (जोन) संग गनुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ।

तपाई अहिले कुन देशमा हुनुहुन्छ त्यहाँ नेपालीहरुको अवस्था कस्तो छ ?

म अहिले मेरो कर्म भूमि साउदी अरबमा छु । यहाँ अहिले सम्म कोभिड(१९) संक्रमण बाट चार जना नेपाली पनि पर्नु भएको थियो । जसमध्ये तीन जना उपचार गरि कम्पनीमा फर्की सक्नु भएको छ र एक जनाको थपउपचार भइरहेको छ । थप जानकारी नेपाली राजदूतावास रियादबाट हामीलाई आएको छैन ।

कोरोना संक्रमण फैलदै जाँदा नेपालीहरुले के–के समस्या भोग्नु परेको अवस्था छ बताईदिनुहोस् न ? साथै मध्यपूर्वमा जम्मा कति नेपाली रहेका छन् ?

(कोभिड–१९) बिश्वब्यापी रूपमा महामारी फैलिरहेको परिपेक्ष्यमा मध्यपूर्व ब्यापारिक हब भएकोले संक्रमण नहुने कुरै भएन । १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत यस क्षेत्रमा भाईरसको कारण धेरैले रोजगारी गुमाउनु पर्ने र धेरै भन्दा धेरै नेपाली अलपत्र पर्न सक्ने संकेतहरु देखिन थालेका छन् । साना तथा मझौला अधिकांश कम्पनी बन्द छन् भने क्रमिक रूपमा बन्द हुने क्रम जारी छ । फलतः ती कम्पनीमा कार्यरत नेपाली केही बिचल्लीमा परिसकेका छन, केही थपिदैछन् ।
तपाईले मध्यपूर्वको प्रतिनिधित्व गर्नुहुन्छ मध्यपूर्वका कुन–कुन देशमा नेपालीहरु बढी समस्यामा परेका छन् ?
समग्र मध्यपूर्वमै जो बैधानिक स्टाटस (लिगल बसाइमा) हुनुहुन्छ, उहाँहरुमा त्यति समस्या छैन तर जो अवैधानिक हुनुहुन्छ । नेपाल फर्किन एकजिट भिसाको पर्खाईमा हुनुहुन्छ, उहाँहरुमा समस्या देखिएको विशेष गरेर युएईमा अलि धेरै यस्ता समस्या देखिएको छ ।

प्रकाशित मिति: : 2020-04-19 08:15:20

प्रतिकृया दिनुहोस्