बिरामी थप जोखिममा पर्ने सम्भावना

निजी तथा सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह नगर्दा विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा पर्ने सम्भावना बढेको छ । अधिकांश अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को जोखिम भन्दै स्वास्थ्य सेवा सहज र सरल तरिकाले प्रवाह नगर्दा बिरामी अस्पताल पुगे पनि उपचारबिनै फर्किन बाध्य भइरहेका छन् ।

प्रसूति सेवाका लागि दाङको तुलसीपुर प्रादेशिक अस्पताल पुगेकी २१ वर्षीया रविना बस्नेत सेवा नपाई फर्किइन् । उनले भनिन्, ‘चेकजाँचका लागि अस्पताल पुगेकी थिएँ । तर, अस्पतालले सेवा नदिएपछि फर्किएँ ।’

अहिले जटिल प्रकृतिका बिरामीलाई औषधि लिन जान समेत अप्ठेरो परेको छ । ज्वरो आएका बिरामीलाई अस्पतालले चेकजाँच गर्नै मान्दैनन् । फार्मेसी बन्द हुँदा र अस्पतालले अहिले उपचार हुन नसक्ने भन्दै फिर्ता गरेपछि बिरामी थप जोखिम मोल्न बाध्य छन् ।

प्रकाशित मिति: : 2020-04-21 09:38:26

प्रतिकृया दिनुहोस्