पशुपति क्षेत्रमा साधुसन्त र विपन्नलाई खाना वितरण

नेपालन्यूज

काठमाडौँ

युवराज भट्टराई

पशुपति क्षेत्र वरपर थुप्रै घरबारविहीन, असहाय मानिसहरू बस्छन्। अन्य समयमा मन्दिरमा आउने भक्तालुहरूसँग मागेर गुजारा गर्ने साधुसन्तलगायत अहिले नेपालभर नै कोरोना भाइरसको कारणले लकडाउन भएका अवधिमा आफ्नो दैनिकीबाट फरक दैनिकी बाँचिरहेका छन्। फरक दैनिकी बाँचिरहेका उनीहरूलाई मन्दिरमा आउने भक्तहरू नहुँदा पर्नसक्ने सम्भावित अप्ठ्यारोलाई ध्यानमा राखेर अहिले खाद्यान्नको वितरण भइरहेको छ। 

पशुपति क्षेत्र र यसको वरपर रहेका साधुसन्त, विपन्न, असहाय लगायतलाई सरकारले लकडाउन गरेको अवधिदेखि नै नेपाल मानव धर्म सेवा समिति र पशुपति क्षेत्र विकास कोषले सहकार्य गरेर खाना खुवाइरहेका छन्। नेपाल मानव धर्म सेवा समितिको केन्द्रीय युवा संगठनको संयोजक नवीन कोइराला अहिले दैनिक ५ सय हराहारीमा खाना खुवाइरहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले सुरुआतको दिनमा १ सय जनाको अनुमान गरेका थियौं। तर, पहिलो दिन नै २ सयभन्दा बढी मानिस आउनुभयो। अहिले यो संख्या ५ सय हाराहारीमा पुगेको छ।’ 

प्रकाशित मिति: : 2020-04-22 07:20:59

प्रतिकृया दिनुहोस्