‘मैले कोरोनालाई जितेँ, सबै नेपालीले जित्न सक्छन्’– अमृत शाही (अडियाे अन्तर्वार्ता)

सुदूरका दोस्रा कोरोना संक्रमित अमृत शाही विश्वमा त्राहीमाम फैलाइरहेकाे भाइरसलाई जितेर घर पुगेका छन्। सुदूरको धनगढीस्थित सेती प्रादेशीक अस्पतालको आइसाेलेसनमा रहेका पाँचमध्ये कोरोना जित्ने उनी दोस्रा हुन्।

कोरोनालाई जितेकाे थाहा पाएपछि उनी अस्पतालको आफ्नै वार्डमा नाचेका थिए। उनलाई नाचेकाे सिसिटिभीबाट देखेपछि नर्सले फोन गरेर साेधेकी थिइन– किन नाचेकाे भाई भनेर। हालसम्म याे अस्पतालमा कोरोना संक्रमित तीन जना ठिक भएर घर फर्किएका छन्। यि तीनै पुरुषा हुन्। चार दिनअघि राज काेली ठिक भएका थिए। अब दुई महिला ठिक हुन बाँकी छ। उनी भाउजुको रिपोर्ट पनि राम्रो रहेको र केही दिनमा ठिक भएर घर फर्किने बताउँछन्। अमृतबाट भाउजुलाई काेराेना संक्रमण सरेपछि नेपालमा काेराेनाकाे अवस्था दाेस्राे चरणमा प्रवेश गरेकाे थियाे।

बाँकी दुई ठिक भए सुदूर कोरोना फ्रि जोन हुनेछ। आत्मविश्वासी अमृतले बिएल नेपाली सेवालाई आइसाेलेसनबाट नै आफूले कोरोना जितेर देखाउने दावी गरेका थिए। अमृत दुबई, दिल्ली,काठमाण्डौ, नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनी अस्पताल गएको १२ दिनमा उनकी भाउजुमा संक्रमण देखिएको थियो।

अमृत आफू मात्र नभएर सबै नेपालीले कोरोना जित्न सक्ने बताउँछन्। ‘दु:खी हुनु भएन। खुशी हुनु पर्यो, आत्मविश्वास दह्रो भएमा कोरोना हराउन सकिन्छ’, उनी बताउँछन्। २९ दिन आइसाेलेसनमा बसेका अमृत सुरुवाती केही दिन गाह्रो भए पनि पछि योग गर्न थालेपछि तनाव कम भएको बताउँछन्। नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएकाेले सबै नेपालीले कोरोना जित्ने उनको दाबी छ।

प्रकाशित मिति: : 2020-04-23 07:15:00

प्रतिकृया दिनुहोस्