नेकपा नेताको ‘पावर’ : लकडाउनमा काठमाडौंबाट रातारात यसरी ओसारिँदैछन् यात्रु

लोकान्तर

जनकपुरधाम

अजय अनुरागी

काेरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा समेत केही दिनयता काठमाडौंबाट यात्रुबाहक बस बाहिर जिल्ला गइरहेका छन् ।

बुधवार बिहान ७ बजे ५० जना यात्रु बोकेको बस जनकपुर आइपुग्दा देख्नेहरू आश्चर्यचकित भए । लकडाउनको अवधिमा सवारीसाधन सञ्चालन गर्न नपाउने अवस्थामा काठमाडौंबाट यात्रुबस जनकपुरसम्म कसरी पुग्यो ? जनकपुरको मुजेलियास्थित ट्राफिक प्रहरी चेकपोस्टनिर गाडी रोकिएको थियो ।

‘जनकपुर इन्जिनीयरिङ कलेजको बसबाट यात्रुहरू ओर्लिएर गन्तव्यतर्फ लागेका थिए,’ स्थानीय रामसागर साहले भने, ‘पछि बुझ्दा लकडाउनले लामो समय काठमाडौंमा बस्नुपर्दा समस्यामा परेर घर जान चाहनेहरूलाई कलेजको बसले ल्याएको रहेछ ।’

लकडाउनको अवधिमा काठमाडौंबाट ना१ख ९३७८ नम्बरको बस जनकपुर आएको इन्जिनीयरिङ कलेजका सञ्चालक अर्जुन सिंहले बताए । ‘मंगलवार साँझ ८ बजेतिर ५० जना यात्रुलाई निःशुल्क रुपमा ल्याएर जनकपुर छाडेको छु,’ उनले भने ।

प्रकाशित मिति: : 2020-04-22 20:24:30

प्रतिकृया दिनुहोस्