घर मुखियाको काम जोड्ने हो, तोड्ने होइन

नेपाल लाइभ

काठमाडौँ

देवराज चालिसे

सोमबार ल्याएका दुई अध्यादेशले प्रधानमन्त्री पदको ऐतिहासिक अवमूल्यन भएको छ। योग्यता र इमानमा खडेरी परेपछि मानिस आफ्नै छायादेखि पनि डराउने रहेछ।

देश संकटमा परेको बखत सरकारको प्राथमिकतामा पक्कै पनि संकट मोचनका नयाँनयाँ कार्यक्रम हुने गर्दछ। जनताको आशा थियो, सरकारले गाडी खरिद गर्न छुट्याइएको पैसाले भेन्टिलेटर ल्याउला। अर्बौंका सरकारी निवास बनाउने कार्यक्रम स्थगित गरेर अस्पतालको स्तरोन्नति गर्ला। संसदीय क्षेत्र पूर्वाधार कोषको पैसाले आईसियू थप्ला। आमजनतामा सरकारले रोगसँग लड्ने अत्यावश्यक प्रबन्ध मिलाउँदै होला। औषधि र खाद्य आपूर्तिको व्यवस्था हुनेमा जनता आशावादी थिए।

प्रकाशित मिति: : 2020-04-23 18:18:07

प्रतिकृया दिनुहोस्