‘जमातीबाट होइन विद्यार्थीबाट फैलियो कोरोना’

भरत खड्का

 कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे ।

सेनाका पूर्वी पृतनापतिसहित आएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसहित ११ जनाले पछिल्लो घटनाक्रमबारे जानकारी गराए । करिब अढाई घण्टाको छलफलमा उठेका विषयको जवाफ दिँदै उनले संक्रमण कहाँबाट फैलियो भन्ने अन्तिम टुंगोमा प्रदेश सरकार पुग्न लागेको बताए । उनले भने, ‘भारतको युपीमा उर्दु भाषा अध्ययन गरेर फर्किएका र दुबईबाट आएकामध्ये एक जनाबाट संक्रमण फैलिएको निष्कर्षमा हामी पुग्न लागेका छौं ।’

प्रकाशित मिति: : 2020-04-24 07:35:47

प्रतिकृया दिनुहोस्