घर नेपालमा, खेती भारतमा

 शंकरप्रसाद खनाल

सीमा क्षेत्रका धेरै नेपाली किसान पारि भारतमा खेती गर्छन्। उनीहरूले यसपटक लकडाउनका कारण गहुँ बाली उठाउन पाएका छैनन्। जानकी गाउँपालिका–१ साइगाउँका दिलीपकुमार बर्माको डेढ बिघामा गहुँ खेती छ। उनी भारतको बहराइच जिल्लामा पर्ने रन्जित बोझा गाउँमा गहुँ काट्न जान पाएका छैनन्। भारतीय सुरक्षा बल एसएसबीले त्यता जान दिएको छैन। ‘गहुँ पाकेर झर्न लाग्यो। आफ्नै जग्गाको गहुँ पनि काट्न पाएका छैनौं’, उनले भने।

साइगाउँकै गुलाम रसुल दर्जीको पनि सोही ठाउँमा १५ कठ्ठामा गहुँ खेती छ। उनको गुनासो पनि आफ्नै खेतको गहुँ काट्न नपाएकै छ। भारतमा भए पनि खेत नेपालीकै हो। भारत सरकारले नेपाली किसानलाई बही खाता नामको लालपुर्जा दिएको छ। त्यसमा उनीहरूको नाम, ठेगानासँगै देश भने नेपाल लेखिएको छ। वडाध्यक्ष मोहम्मद रजा राईले आफ्नो वडाका साइगाउँ, पचपोखरा, बढैया र शिवपुरी चार गाउँकाले डेढ सय बिघामा लगाएको गहुँ बाली काट्न नपाएको बताए।

प्रकाशित मिति: : 2020-04-25 08:10:06

प्रतिकृया दिनुहोस्