फिचर सांसद ‘अपहरण’ प्रकरण : कानुनी उपचारमा न दल इच्छुक, न अपहरित

नेपाल लाइभ

काठमाडौं

रामकुमार डिसी

दुई अध्यादेशको खारेजीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमबाट तरंगित राजनीति विस्तारै थिग्रँदै छ। लामो समयदेखि एकता प्रयासमा रहेका मधेश केन्द्रित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच अचानक एकीकरण भई नयाँ पार्टी गठन गर्नुमा ओलीको कदम कारक रह्यो। सत्तारुढ दलभित्रै र बाहिरको दबाब र समाजवादी फुटाउने योजनामा 'ब्याकफायर' भएपछि प्रधामन्त्री ओली ५ दिनपछि आफ्नो कदमबाट पछाडि हटे। तर, यहीसँग जोडिएको सांसद ‘अपहरण’ प्रकरण भने सेलाएको छैन।

सम्बन्धित पार्टीका नेता डा बाबुराम भट्टराई, प्रमुख प्रतिपक्षी दलका प्रमुखसँगै सत्ताधारी दल नेकपाका नेताहरुले समेत अर्को पार्टीको साँसदको अपहरणमा संलग्नमाथि कारबाहीको माग गरिरहेका छन्।

समाजवादी पार्टीले नै प्रारम्भमा आफ्ना सांसद एवम् पूर्व स्वाथ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको निर्देशनमा उनी निकट दुई सांसद र एक पूर्व प्रहरी महानीरिक्षकले अपहरण गरेको दाबी गरिएको थियो। यसमा नाम जोडिएका ओलीका प्रिय पात्र एवम् नेकपा सांसद महेश बस्नेत, नेकपाकै अर्का सांसद किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसाद यादवलाई तराईस्थित उनको घर जनकपुर गएर बालुवाटर ल्याएको स्वीकारिसकेका पनि छन्। तर, उनीहरुले सांसद यादवलाई अपहरण गरेको नभई उनकै सहमतिमा ल्याएको दाबी गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-04-25 08:33:12

प्रतिकृया दिनुहोस्