माधव नेपालका खुट्टा कता?

नेपाल लाइभ

काठमाडौं

वीरेन्द्र ओली

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तीव्र ध्रुवीकरण हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक भूमिकामा छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मध्ये जसलाई नेपालले साथ दिन्छन्, सोही समूह पार्टीमा बलियो बन्ने अवस्था छ। पार्टीमा नेपालको 'बडी ल्यांग्वेज'देखि हरेक पाइलापाइलाको निगरानी गरिरहेका छन्, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड। 

नेपाललाई प्रभावमा पार्न ओली समूहले समय खर्च गरेको पनि लामै समय व्यतित भइसकेको छ। तर नेपालले बाहिर निर्धक्क आफ्ना कुरा खुलाउन सकेका छैनन्। तत्कालीन माओवादीमा रहँदा नेता डा बाबुराम भट्टराईले एमालेलाई आरोप लगाएजस्तै नेता नेपाल 'यताउता कतै पनि नखुल्ने पक्षजस्तै हुन्छन्' वा आन्तरिक शक्तिबीच खेलेर आफ्नो उपस्थिति देखाउँछन्, त्यो हेर्न भने समय पर्खिनैपर्ने देखिएको छ। 

प्रकाशित मिति: : 2020-04-28 11:59:40

प्रतिकृया दिनुहोस्