सचिवालयमा धोका पाएपछि शक्ति सञ्चयमा माधव समूह

नेपाल लाइभ

काठमाडौँ

वीरेन्द्र ओली

पार्टीमा शक्ति हुँदाहुदै पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पेलानमा परेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक शक्ति सञ्चयमा लागेका छन्। दल फुटाउन सहज हुने र संवैधानिक निकायसम्बन्धी अध्यादेशमा ओली फसेपछि बलियो बनेका उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बामदेव गौतमले रणनीति बदलेपछि केही कमजोर देखिए।

चिनियाँ शक्तिले समेत गलाएपछि आक्रामकबाट रक्षात्मक अवस्थामा पुगेका उनी तत्काल प्रचण्डले धोका नदिएको तर विश्वास समेत गर्न नसक्ने निष्कर्षमा पुगेका छन्। आफ्नो पक्ष बलियो बनाउन आन्तरिक शक्ति सञ्चय बाहेक दोस्रो विकल्प नदेखेपछि उनी अहिले प्रचण्डको आगामी कदमबारे पर्ख र हेरको नीतिमा पुगेका छन्।

प्रकाशित मिति: : 2020-05-05 18:00:04

प्रतिकृया दिनुहोस्