३४ दिनपछि दिपाले पनि जितिन् काेराेना संक्रमणलाई

सुदूरपश्चिम कोरोना मुक्त भएको छ। शुक्रबार दिपा शाहीको सातौं चरणको कोरोना संक्रमणको रिपोर्ट नकारात्मक आएपछि सुदूरपश्चिम कोरोना मुक्त भएको हो। यसअघि उनको ६ वटा रिपोर्ट सकारात्मक आएको थियो। 

गत बुधबार उनको सातौं चरणको स्वाब टेस्ट लिइएको थियो। उनी ३४ दिनपछि निकाे भएर घर फर्किन लागेकी हुन्। उनलाई दुबईबाट आएका देवर अमृत शाहीबाट सरेकाे थियाे। उनीमा चैत २२ मा संक्रमण देखिएकाे थियाे।

प्रकाशित मिति: : 2020-05-08 18:28:30

प्रतिकृया दिनुहोस्