प्रेम सेन्चुरीको ‘परदेशले मलाई रूवायो...’ (भिडियो)

‘भुलेको छैन जन्मभूमी आमा, केही दिनको लागि मात्र टाढा भएको हुँ, ज्यान परदेशमा भए पनि मन त आफ्नै देशमा छ।’

पछिल्लो समय कोरोनाबाट सबैभन्दा बढी पीडित राज्य अमेरिकाको न्यूयोर्कबाट गाएक प्रेम सेन्चुरीले ‘परदेशले मलाई रूवायो...’ नामको गीत यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन्।

घरमा बचेको समयलाई सदुपयोग गर्दै गायक सेन्चुरीले जन्मभूमिबाट टाढा रहेर कर्म गर्दै आएका नेपालीको पीडालाई शब्द र संगीतमा उतारेका छन्।

बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसके पनि मातृभूमि फर्कन नपाउँदाको छटपटाहटलाई गीतमार्फत आफूले प्रस्तुत गरेको गायक सेन्चुरीले बिएल नेपाली सेवालाई जानकारी दिए।

केही दिनअघि मात्र न्यूयोर्कमा रेकर्ड गरिएको गीतमा कोरोनाको समयमा देश, घरपरिवार छोडेर परदेशमा एक्लोपन बिताउँने नेपालीको पीडालाई गीतमा पोखेको गायक प्रेम सेन्चुरीले बताए।

विगत दुई दशकदेखि सांगीतिक यात्रामा रहेका सेन्चुरीले रेडियो नेपालमार्फत दर्जनौं गीत गाइसकेका छन्।

प्रकाशित मिति: : 2020-05-09 09:11:16

प्रतिकृया दिनुहोस्