‘रक एण्ड रोल’ संगीतको सुरुवात गर्ने गायक लिटल रिचार्डको निधन

‘रक एण्ड रोल’ संगीतको सुरुवात गर्ने गायक लिटल रिचार्डको निधन भएको छ। 

अमेरिकी गायक लिटलको हड्डीको क्यान्सरका कारण ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

उनको टेनिसीको टलाहोमामा रहेको घरमै निधन भएको हो। 

रिचार्डको चर्चित गीत गूड गोली मिस मोली सन् १९५८ मा विभिन्न चार्टमा शीर्ष स्थानमा पुगेको थियो। उनका अरु चर्चित गीतहरुमा ‘टुट्टी फ्रूट्टी’ र ‘लङ्ग टल स्याली’ रहेका छन्। 

लिटल रिचार्डलाई सन् १९८६ मा रक एण्ड रोल हल अफ फेमबाट सम्मानित गरिएको थियो। रिचार्डलाई सेल्फ स्टाइल्ड  ‘किङ एन्ड क्विन अफ रक एन्ड रोल’समेत भन्ने गरिन्थ्यो।

द बिटल्स, एल्टन जोन र एल्भिस प्रेस्लीले आफूहरुमा उनको प्रभाव परेको बताउने गरेका छन्। 

प्रकाशित मिति: : 2020-05-10 07:48:39

प्रतिकृया दिनुहोस्