भारत वार्ताबाट भागिरहेको छ, अन्तर्राष्ट्रिय दबाबबाट टेबलमा ल्याउनुपर्छ : ठाकुर गैरे, नेकपा नेता (भिडियाे अन्तर्वार्ता)

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक शुक्रबार भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेपछि नेपालभित्र ठूलै हलचल मच्चिएको छ ।

नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे तिनै विद्यार्थी नेता हुन्, जसले ०५४ सालमा कालापानी मार्च गरेका थिए । त्यसयता २३ वर्ष बितेको छ, नेपाली भूमिमा भारतीय अतिक्रमण घटेको छैन ।

'लिम्पियाधुरा र लिपुलेक नेपालको हो । हामी नेपालको एक इञ्च भूभाग गुमाउन चाहन्नौँ। लिम्पियाधुराबाट बग्ने काली नदीको मुहान सिमाना हो ', उनी भन्छन्, ‘कालापानी  फिर्ता हुनुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङको दोक्लाम वार्ताको परिणति हो– अहिलेको बाटो ।’

नेपाल सरकारले त्यहाँ सडक बनिरहेको थाहा पाए पनि बेलैमा त्यसविरुद्ध पहल नलिएकोप्रति खेद व्यक्त गर्छन् । उनले भने, ‘सर्वत्र विरोधका आवाज आएपछि त्यसबारे एउटा वक्तव्य दिनुमात्र पर्याप्त छैन ।’

भारत वार्ताबाट भागिरहेको बताउँदै उनले भने, ‘यो विषय चीनसँग पनि जोडिएको छ । चीन, संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग पनि यसबारे कुरा गरेर दबाब सिर्जना गर्नुपर्छ ।’

नेपाल पनि भारतजत्तिकै सार्वभौम मुलुक भएको हुनाले भारतको शैन्य शक्तिसँग डराउनु नपर्ने उनले बताए । उनले भने, ‘भारतको शैन्य सामथ्र्य ठूलो होला तर त्योसँग डराउनु जरुरी छैन । त्यो हाम्रो भूमि हो । तथ्य प्रमाणका आधारमा लड्नुपर्छ । हामी जित्छौँ ।’

अनेरास्ववियुका पूर्वअध्यक्ष गैरेकाे विचार सुन्नुहाेस् भिडियाेमा -

प्रकाशित मिति: : 2020-05-10 17:37:00

प्रतिकृया दिनुहोस्