प्रधानमन्त्री रोजगार कार्यक्रम : अर्बौँं लगानी बढाइँदै, छैन उपलब्धिमूलक हुने छाँट

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको १४ महिना बितिसकेको छ। आन्तरिक रोजगारी सिर्जनाका लागि २०७५ फागुन १ गते घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सुरुवाती वर्षदेखि नै खर्च बढी, उपलब्धि कम हुँदै आएको छ।

आर्थिक वर्ष २०७५/७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि सरकारले ३ अर्ब बजेट छुट्याएको थियो। सो बजेट मध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत बेरोजगार युवाहरुलाई ३० दिने रोजगारी दिन दुई अर्ब ३६ करोड ८० लाख रुपैयाँ निकासा गरेको थियो। सो रकम १ लाख ७५ हजार युवाहरुलाई १३ दिनको रोजगारी दिएर सकिएको थियो। तर, सरकारी ढुकुटीको अर्बौँ रुपैयाँ खर्चिएर पनि त्यसले कुनै दीर्घकालीन उपलब्धि हाँसिल भने गर्न सकेन।

प्रकाशित मिति: : 2020-05-12 18:48:55

प्रतिकृया दिनुहोस्