कोरोना अब समुदायमा

दिनेश गौतम

बर्दिया, राजापुर–५ बदालपुरकी बालिका घरबाट निस्केपछि कोरोना भाइरसबाट संक्रमित हुन पुगिन्। उनी हजुरआमासँग छिमेकी जिल्ला कैलाली गएकी थिइन्। घर फर्कन नपाउँदै क्वारेन्टाइनमा बसेकी ती ११ वर्षीया बालिकाको अस्पतालमा उपचार भइरहेको छ।

सीमावर्ती सहर नेपालगन्ज–७ का एक शिक्षकको दोस्रो पटकको पीसीआर परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको छ। उनी भारतको नानपाराबाट स्वदेश फर्केपछि क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बस्न नमानेर कतिपय भागे। कोरोना भाइरस संक्रमण भएको थाहा नपाउँदा उनले धेरैलाई पढाए। उनीबाट फैलन सुरु भएको संक्रमण अहिले २४ जनामा पुष्टि भइसकेको छ। सब संक्रमितको खजुरास्थित सुशील कोइराला परोपकार क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

प्रदेश ५ को सीमावर्ती जिल्ला सम्मरी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा भेटिएका आधा दर्जनभन्दा बढी संक्रमित सीमापारि भारतबाट लुकेर नेपाल आएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए। त्यस्तै, कपिलवस्तु जिल्लामा अग्रपंक्तिमा रहेर कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ पाइएको छ।

प्रकाशित मिति: : 2020-05-13 08:26:22

प्रतिकृया दिनुहोस्