लिपुलेकमा सरकारलाई दलको साथ

रामकृष्ण अधिकारी

भारतीय पक्षले अतिक्रमण गरेको भूभाग फिर्ताका लागि प्रमुख प्रतिपक्षी कांग्रेससहित सबै राजनीतिक दलले सरकारलाई साथ दिँदै तत्काल उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल थाल्न सुझाएका छन्।

बालुवाटारमा बुधबार साँझ सम्पन्न सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सरकारलाई तत्काल वार्ताको पहल गर्न सुझाव दिएका हुन्।

प्रधानमन्त्री केपी ओलीले बोलाएको उक्त बैठकमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई वक्तव्यवाजीमा मात्र नअल्मलिएर कूटनीतिक र राजनीतिक रूपमा सार्थक र परिणाममुखी पहलकदमी लिन आग्रह गरेका थिए।

‘सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ। त्यसका लागि कांग्रेसको पूर्ण साथ सरकारलाई रहन्छ’, देउवाले भने, ‘सरकार वक्तव्यबाजीमा मात्र अल्मलिनु हुँदैन।’

प्रकाशित मिति: : 2020-05-14 07:52:50

प्रतिकृया दिनुहोस्