ओस्कार अवार्ड सेरेमोनी लकडाउनका कारण पहिलो पटक स्थगित

ओस्कार अवार्ड सेरेमोनी लकडाउनका कारण पहिलो पटक स्थगित गरिएको छ। सन् १९२९देखि सुरु भएको ओस्कार अवार्ड सेरेमोनी कोरोना भाइरसले विश्‍वभर महामारीको रुप लिएपछि यो पटक ओस्कार अवार्ड स्थगित गरिएको हो। 

लिजाहा स्थित २८ फेब्रुअरी २०२१मा हुने उक्त ओस्कार अवार्ड पुरस्कार समारोह अब मे–जुन २१सम्‍म चार महिना स्थगित गरिएको हो। ओस्कारका लागि मार्च अप्रिलमै प्रक्रिया सुरु हुन्छ। नोभेम्बर तथा डिसेम्बरको बीचमा नोमिनेशनको सर्ट लिस्ट निकालिन्छ। जुरी मेम्बर जनवरीमा भोट गर्छन्।

तर यो पटक लकडाउनका कारण कतिपय फिल्म समेत रिलिज हुन पाएन।साथै नोमिनेशनको लागि पर्याप्त एन्ट्री पनि भएन। यी सबै प्रक्रियाहरु लकडाउनको कारण हुन नपाएपछि सबै काम प्रभावित भएको छ।

पछिल्लो महिना ओस्कार एकाडेमीले ओस्कार सेड्‍युलमा पनि केही सुविधान दिएको थियो। जसमा भनिएको थियो की यो वर्ष प्रदर्शन भइसकेको फिल्मले सन् २०२२सम्‍म नोमिनेशन दिन सक्‍नेछन्। त्‍यही भएर यो वर्ष नभए पनि अर्को वर्षसम्‍म प्रदर्शन र नोमिनेशन गर्न पाइन्छ भनेर। तर कोरोनाले असर गरे पनि मेकर्स इन फिल्म ओस्कारमा संलग्न हुन पाउनेछन्।

यता, ओस्कार एकेडेमीले हामारीलाई मध्‍यनजर राख्‍दै केही नियमलाई समेत परिवर्तन गरेको छ। तर यो भने स्थायी होइन। तर यो नियम मात्र यो वर्ष रिलिज हुने फिल्ममा लागू हुनेछ। साथै एकाडेमीले नोमिनेशनको क्‍याटेगोरी घटाएर २३ मा सीमित गरेको छ।

प्रकाशित मिति: : 2020-05-14 15:08:18

प्रतिकृया दिनुहोस्