सरकारी गाडी दुरुपयोग–४ : हृदयेशको सबैभन्दा महँगो, ब्राण्डमा प्रदीप ज्ञवाली अगाडि

नेपाल लाइभ

काठमाडौँ

शिव बोहरा

नेपाल सरकारका मन्त्रीलाई सरकारले सुविधामा दिन गाडीको निश्चित मापदण्ड तोकेको छ। तर कुनै मन्त्रीले पनि तोकिएको मापदण्डअनुसारका गाडी चढ्दैनन्। बजेट तर्जुमा दिग्दर्शनमा नेपाल सरकारका विशिष्ट कर्मचारीका लागि दिइने गाडी सुविधाको बारेमा स्पष्ट व्यवस्था गरिएको छ। 

दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनको बारेमा उल्लेख छ। उक्त शीर्षकको ‘क’मा नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख पदाधिकारी र मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने उल्लेख छ। त्यस्तै विशिष्ट श्रेणीका कर्मचारी तथा संवैधानिक निकायका सदस्यहरुका १३ सयदेखि १६ सय सिसीसम्मका गाडी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-17 13:54:18

प्रतिकृया दिनुहोस्