'वैदेशिक रोजगारी गुमाएर ६ लाख युवा स्वदेश फर्कन्छन्'

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

वैदेशिक रोजगारीमा गएका ६ लाख श्रमिकहरु रोजगारी गुमाएर फर्किने अवस्था रहेको एक अध्ययनले देखाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको एक अध्ययनले वैदेशिक रोजगारीमा गएका ६ लाख श्रमिकहरु रोजगारी गुमाएर फर्किने आँकलन गरेको हो। 

नेपालीको प्रमुख श्रम गन्तव्य पेट्रोलियम उत्पादनमा आधारित अर्थतन्त्र भएका खाडी मुलुकहरू र मलेसिया नै हुन्। यी देशहरु पेट्रोलियम पदार्थको मूल्यमा भएको ऐतिहासिक गिरावट र कोरोना कहरले गहिरो आर्थिक संकटतर्फ धकेलिँदै छन् । पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै ती मुलुकमा आर्थिक संकट बढ्ने हुँदा ठूलो संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाउने अवस्था सिर्जना भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन्। 

प्रकाशित मिति: : 2020-05-18 20:47:57

प्रतिकृया दिनुहोस्