उद्योगीहरुले अध्याँरोपछि उज्यालो हुन्छ भन्ने सोच्न जरुरी छ

नेपाल लाइभ

काठमाडौँ

लेखराज भट्ट

अहिले कोरोना महामारी विश्वव्यापी रुपमा नै फैलिसकेको छ। पहिला यो भाइरसलाई हामीले नेपालमा आउनै नदिने भन्यौं तर यो आयो। आइसकेपछि यसलाई फैलिन दिनुहुँदैन भन्यौं। अहिले भाइरस फैलिने क्रम जारी छ। यतिबेला भाइरस किन फैलियो भन्ने कारणमा जान जरुरी छ।

भारतमा गएका हाम्रा मौसमी मजदूरहरु, अन्य कारणले आवतजावत गर्ने र भारतसँग निर्भर हाम्रो व्यापार व्यवसायका कारण पनि कोरोना संक्रमण फैलिँदैगएको छ।

अहिले हामीले भारतबाट कोही पनि नफर्कौं भने पनि यो फर्किने बेला हो। मौसमी मजदूरहरु विशेष गरी ५ नम्बर प्रदेश, मध्यपश्चिम, सुदुरपश्चिम क्षेत्रमा खेतीपाती जोडिने फर्किने बेला हो यो। अहिले तराई र भारतसँग सीमाना जोडिएका जिल्लाहरुमा बढी संक्रमण फैलिएको अवस्था छ। यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि हाम्रो सामु चुनौती थपिएको छ।

प्रकाशित मिति: : 2020-05-21 08:27:57

प्रतिकृया दिनुहोस्