भविष्य नदेखेको नीति तथा कार्यक्रम

नेपाल लाइभ

काठमाडौँ

डा गोविन्द पोखरेल

सरकारले करिब ८ हप्ता देशभरि लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनले  संक्रमण त के-कति रोकेको छ, त्यो त अनुमान गर्न गाह्रो छ। तर लकडाउनको व्यवस्थापन राम्रो गर्न नसक्दा संक्रमण रोकिने छाँट भने छैन। देशको आर्थिक-सामाजिक अवस्था भने डरलाग्दो किसिमले बिग्रिन सक्ने हुँदा राजनीतिक अस्थिरता पनि ल्याउन सक्ने सम्भावना चाहिँ प्रबल छ। 

देशको यस्तो कठिन मोडमा आएको नीति तथा कार्यक्रमले उल्लेख गरेका आगामी वर्षका सरकारका प्रस्तावित धेरै गतिविधिले कोभिड-१९ को कारणले विश्वका अरु देशमा भएको जस्तो अवस्था नेपालमा हुँदैन भन्ने आकलन गरेको देखिन्छ। नीति तथा कार्यक्रमले सरकारका गत दुई वर्षका लोकरिझ्याँइका स्वप्नदर्शी पुलिन्दालाई निरन्तरता दिई पस्केको छ।

प्रकाशित मिति: : 2020-05-21 18:31:14

प्रतिकृया दिनुहोस्