१० वर्षअघि म्याद सकिएका ‘टियर ग्यास’ अझै प्रयोगमा : जनस्वास्थ्यमा गम्भीर खेलबाड

नेपाल लाइभ

काठमाडौँ

प्रजु पन्त

३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल ‘टियर ग्यास’ प्रयोग गरेको थियो। पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए। उनीहरूलाई भगाउन प्रहरीले टियर ग्यासका सेल हानेको थियो।

यस क्रममा एउटा डरलाग्दो तथ्य उजागर भयो। भरतपुरमा प्रयोग गरिएका टियर ग्यासका सेल ९ वर्षअघि नै म्याद गुज्रिएका थिए। तस्वीरबाट पनि प्रष्ट हुन्छ, ३० साउन २०७६ मा प्रयोग गरिएका टियर ग्यासका ती सेलको म्याद २०१० मार्चमै सकिएको थियो।

भरतपुर घटना नेपाल प्रहरीले म्याद गुज्रिएका टियर ग्यास प्रयोग गरिरहेको देखाउने पछिल्लो दृष्टान्त हो। उससँग यस्ता अझै कति टियर ग्यास बाँकी होलान्? सूचनाको हक प्रयोग गरेर विवरण माग गर्दा समेत चितवन प्रहरीले यस सम्बन्धी कुनै विवरण दिएन। 

प्रकाशित मिति: : 2020-05-25 08:29:44

प्रतिकृया दिनुहोस्