ब्रोड वे इन्फोसिसमा अब आईटी कोर्ष अनलाइनबाटै

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस (कोभिड–१९) को प्रभावले गरिएको लकडाउन करिव २ महिना बढी पुगिससकेको छ। सरकारले कोरोना भाइरसको संभावित जोखिमबाट बचाउँन लकडाउन अघि नै सम्पूर्ण शिक्षण संस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। जसले गर्दा परीक्षा र नियमित पाठनपाठन ठप्प भए।

लकडाउन अवधि र त्यसपछि पनि जनजीवन सामान्य बन्न समय लाग्ने देखिएपछि ब्रोड वे इन्फोसिसले आईटीका विद्यार्थीलाई लक्षित गर्दै अनलाइन कोर्ष सुरु गरेको छ। अनलाइन कक्षाहरु रेकर्डेड भिडियोमा नभई लाइभ सञ्चालन हुने गरेका छन्।

लकडाउन सुरु हुनु अघिदेखि नै अनलाइन कक्षाहरु सञ्चालन गर्न थालेको इन्स्टिच्युटले पछिल्लो समय सबै विषयहरु अनलाइनबाटै पढ्न सकिने व्यवस्था मिलाएको प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले बताए।

सन् २००८ मा स्थापना भएको ब्रोड वे इन्फोसिस देशकै विशेष आईटी तालिम सम्बन्धी इन्स्टिच्युट हो। याे इन्स्टिच्युटले जाभा, सी, सी प्लस प्लस, सी–शार्प, पाइथन लगायत अन्य थुप्रै विषयका प्रोग्रामिङ ल्याङ्ग्वेजको ट्रेनिङ तथा अन्य पूर्ण व्यवसायीक आईटी कोर्षहरुको अध्यापन गराउँदै आएको छ।

इन्स्टिच्युटका प्रबन्ध निर्देशक अधिकारीका अनुसार प्रोग्रामिङ ल्याङ्ग्वेजसँगै यो इन्स्टिच्युटले  ग्राफिक, मल्टिमिडिया, वेब डिजाइनिङ र वेब डेभलपमेन्ट जस्ता बजारमा अहिले अत्यधिक माग रहेका आईटी कोर्षहरु पनि सञ्चालनमा गर्दै आएकाे छ। यी सबै काेर्षहरु इन्स्टिच्युटले अनलाइनमा उपलब्ध गराएकाे छ।

उनले भने, ‘अहिले हामीले २० वटा कोर्षहरुको अध्यापन गराउँदै आएका छौँ। दैनिक कक्षाहरु सबै समयमा उपलब्ध छन्। फास्ट ट्र्याक कोर्षहरु समेत दिँदै आएको छौं। विद्यार्थीहरुले आफ्नो उपयुक्त समय अनुसार कोर्षको डिमाण्ड गर्नसक्छन्।’ 

 हाल इन्स्टिच्युटले डेढ महिनादेखि ६ महिनासम्मका कोर्षहरु उपलब्ध गराउँदै आएको उनले जानकारी दिए। अनलाइन कक्षा पनि विद्यार्थीको माग अनुसार सञ्चालन हुने उनले बताए।

‘कोर्षअनुसार अनलाइन कक्षाका लागि सात हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म शूल्क निर्धारण गरिएको छ,’उनले भने,‘ यदि कुनै विद्यार्थी महिनाभरमा कोर्ष पुरा गर्न र माग अनुसारका काेर्षहरु गर्न चाहन्छ भने पनि यो सुविधा हामी उपलब्ध गराउँछाैँ। ’

उनका अनुसार कोर्षसँगै अनलाइन भर्नाको सुविधा पनि ब्रोड वे इन्फोसिसले उपलब्ध गराउँदै आएको छ।

विद्यार्थीहरुले ईसेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे तथा बैंक ट्रान्सफरबाट कोर्षको भुक्तानी गर्न सक्छन्।

प्रकाशित मिति: : 2020-05-25 21:29:46

प्रतिकृया दिनुहोस्