मध्यम वर्गले नगुमाउँदासम्म विद्रोह हुँदैन : रामेश्वरप्रसाद खनाल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र

नेपाली समाजले ठूला रजानीतिक क्रान्ति पटकपटक गर्‍यो। त्यसको बलमा सामाजिक, सांस्कृत र आर्थिक परिवर्तन पनि भए। परिवर्तनको उद्देश्यसहित क्रान्ति सम्पन्न भए पनि त्यसपछिका असन्तुष्टि कायमै छन्। मध्यम वर्गमा सत्ताप्रति असन्तुष्टि बढ्दै जाँदा त्यसैको बलमा क्रान्ति हुने बताउँछन्, पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाल। कोरोना भाइरसका कारण नेपालका मध्यम वर्गमा परेको प्रभाव, उनीहरुले राज्यप्रति गर्ने व्यवहार र आर्थिक तथा सामाजिक व्यवहारमा आउन सक्ने परिवर्तनबारे नेपाल लाइभका सविन मिश्रले खनालसँग गरेको कुराकारनीको सम्पादित अंश:

हाम्रो समाजमा धेरै किसिमका मान्छेहरू छन्। उच्च वर्गका केही मानिसहरू छन्। धेरै संख्या मध्यम वर्गको छ। त्यस्तै मध्यम वर्गमा उक्लिन खोजेको तर उक्लिन नसकेका र निम्न वर्गका मानिस छन्। अहिलेको संकटले सबैभन्दा बढी प्रभाव पारेको कसलाई हो? 
अहिलेको संकटले सबैभन्दा बढी प्रभाव त विपन्न/निम्न वर्गलाई परेको छ। जसको आम्दानी न्यूनतम आवश्यकता परिपूर्ति गर्ने तहभन्दा कम छ, जसलाई हामीले गरिबीको रेखामुनि रहेको मान्छौं, उनीहरुको संख्या नेपालमा अघिल्लो तथ्यांकअनुसार १८ प्रतिशत हो। त्यो सर्वे भनेको नेपालभरको होइन, एउटा स्याम्पल लिएर गरिएको थियो। त्यसमा अलिकति कम भएको रहेछ भन्ने हो भने पनि बहुआयामिक गरिबीको सूचकांकले २५ प्रतिशत देखाएको छ।

प्रकाशित मिति: : 2020-05-26 13:47:18

प्रतिकृया दिनुहोस्