कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड बजेट विनियोजन, दूध, तरकारी र मासुमा आगामी आर्थिक वर्षभित्रै आत्मनिर्भर हुने लक्ष्य

रकारले आर्थिक वर्ष २०७७/७८ का लागि कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त सभामा सो बजेट पेश गरेका हुन्। 

सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मलमा दिइने अनुदान रकममा वृद्धि गरी ११ अर्ब रुपैयाँ विनियोजन भएको छ। प्रांगारिक मलको प्रयोगबाट उत्पादन भएको बालीलाई सरकार आफैंले ब्राण्डिङ गरी बजार पठाउने योजना ल्याएको छ। 

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढाउने कुरा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक गरिसकेको छ। 

दूध, तरकारी र मासुको उत्पादनमा आत्मनिर्भर हुने सरकारले लक्ष्य लिएको छ। कृषिमा श्रम परिचालन, यान्त्रीकरण र बजारीकरणसँगै सिचाईं, मल, बिउमा सहुलियत दिने योजना सरकारको छ।

प्रकाशित मिति: : 2020-05-28 17:10:14

प्रतिकृया दिनुहोस्