मदन भण्डारी विश्वविद्यालयलाई १ अर्ब २५ करोड रुपैयाँ

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले

सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बताए।  विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको छ  ।

सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्‍न दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । 

यता मदन भण्डारी विश्वविद्यालयको पूर्वाधार र कक्षा सञ्चालन गर्न १ अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ। यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि  ६ अर्ब बजेट विनियोजन भएको छ।

त्यस्तै, विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका वा उपत्यका आसपास हुने भन्ने व्यवस्था समेत विधेयकबाट हटाइएको  छ।

प्रकाशित मिति: : 2020-05-28 17:39:59

प्रतिकृया दिनुहोस्