मानवसेवा आश्रमको वीरगञ्ज शाखा चौथो वर्षमा प्रवेश

मानवसेवा आश्रमको वीरगञ्ज शाखा तेश्रो वर्ष पुरा गर्दै आजदेखि चौथो वर्षमा प्रवेश गरेको छ। 

वि.सं २०८२ सालभन्दा अगाडी नै देशलाई सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्दै मानवताको राष्ट्र बनाउने सपनालाई आत्मसाथ गर्दै आश्रमको स्थपना गरिएको थियो।

अहिले आश्रममा ३१ जना आमाबुबाको साथमा मात्र १६ महिनाको बालकसहित ३२ जनाको परिवार रहेको छ। यो ३ वर्षको यात्रामा आश्रमले सयौं विभिन्न उमेर समुहका सहयोगापेक्षी व्यक्तिहरुको उद्दार गरेको छ। जसमध्ये ८ जना भारत, ६ जना नेपाल र १ जना बंगलादेशको सहित जम्मा १५ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। 

हाल मानवसेवा आश्रमको सातै प्रदेश, १४ जिल्ला र १९ सेवा केन्द्रहरुमा गरि १२ सय विभिन्न उमेर समुहका सहयोगापेक्षी व्यक्तिहरुले आश्रय लिइरहेका छन्।

प्रकाशित मिति: : 2020-05-28 21:43:21

प्रतिकृया दिनुहोस्