शुक्रबार १७० जना नयाँ संक्रमित थपिए, १९ जना डिस्चार्ज, थप एकको मृत्यु

नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। शुक्रबार दिउँसोसम्म नेपालमा १७० थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

 यो संख्या नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप १७० जना थपिएसँगै १२१२ जना संक्रमित पुगेका छन्।

शुक्रबार थप १९ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुबाट २ जना, पाटन अस्पतालबाट ७ जना, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड अस्पतालबाट २ जना र दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालबाट ८ जना निको भएर घर फर्किएका हुन्।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २०६ पुगेको छ।

थप एकको मृत्यु, मृतकको संख्या ६ पुग्यो

कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए। गत १० जेठमा मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रदेश अनुसार कति संक्रमित छन्।

तथ्याङ्कमा संक्रमित

प्रदेश

संक्रमित

निको भएका

मृत्यु

उपचाररत

प्रदेश १

१५७

३०

१२७

प्रदेश २

४९०

१०२

३८७

बागमती

४४

२०

२२

गण्डकी

२०

१८

प्रदेश ५

४३३

४७

३८३

कर्णाली

४७

४७

सुदूरपश्चिम

२१

१६

जम्मा

१२१२

२०६

१०००

 

प्रकाशित मिति: : 2020-05-29 16:28:46

प्रतिकृया दिनुहोस्