भारतमा ‘श्रमिक विषेश’ रेलबाट ५२ लाख यात्रुलाई सेवा

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विषेश रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् । 

लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पुर्‍याउनका लागि भन्दै केही दिनदेखि भारतमा मजदुर विषेश रेल सञ्चालन गरिएको छ । 

यो अवधिमा बिहीबारसम्म तीन हजार ८४० ‘श्रमिक विषेश’ रेल सञ्चालन गरिएको रेल वे बोर्डका अध्यक्ष विनोद कुमार यादवले शुक्रबार जानकारी दिए। 

पत्रकार सम्मेलनमा बोल्दै उहाँले वितेको हप्ता मात्रै २० लाखभन्दा बढी श्रमिकहरुले ‘श्रमिक विषेश’ रेलबाट यात्रा गरेको जानकारी दिनुभयो । श्रमिकहरुलाई उनीहरुले चाहेको प्रदेशमा लगिएको पनि उनले बताए। 

यही मे २० तारिखसम्म कुल २७९ ‘श्रमिक विषेश’ रेल सञ्चालन भएका थिए भने तिनीहरुलाई प्रदेश सरकारको समन्वयमा सञ्चालन गरिएको यादवले बताए।

सवैभन्दा धेरै यात्रु उत्तर प्रदेशमा रहेको पनि उनले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-05-29 19:09:31

प्रतिकृया दिनुहोस्