गायक बज्राचार्यले ल्याए कोरोनाविरुद्धको जनचेतनामूलक गीत

 चर्चित गायक दीपक बज्राचार्यले विश्‍वभर कोरोना भाइरसको माहामारीले सताइरहँदा यसबाट बच्‍न सचेतनामूलक गीत लिएर आएका छन्।

दक्षिण एसियाका क्षेत्रीय कार्यालय युनिसेफको सहकार्यमा गायक बज्राचार्यले सचेतना फैलाउने कोरोना गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

गीतमार्फत हात नमिलाउनु, टाढै बसेर साथ दिऔ, आफू पनि बचौ र अरुलाई पनि बचाऔं सन्देश दिइएकाे छ।

गीतको शब्द र संगीत गायक बज्राचार्यकै रहेको छ भने उनलाई स्वरमा छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन्।

यस्तै उनको गीतमा नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स लाखे समेत देखाइएको छ। यस्तै लिड गिटारमा रोजन शाक्‍य, झाक्री डान्सरमा लिजेन्द्र महर्जन, लाखे डान्सरमा राजीव बज्राचार्य, धिमे–ढोलकमा नरेश प्रजापति, बासुरीमा सुमन महर्जन, कीबोर्डमा सचेन बज्राचार्य र हाइ पर्सुसनमा मनिक महर्जनले साथ दिएका छन्।

गीतको म्‍युजिक भिडियोमा काठमाडौं उपत्यकाको लकडाउनको दृश्‍यलाई छायांकन गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-05-30 19:11:39

प्रतिकृया दिनुहोस्