पाकिस्तानका एक मन्त्रीमा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानका एक मन्त्री शहरयार खान अफ्रिदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीले आफैंले सामाजिक सञ्जाल ट्वीटरमा यसबारेमा जानकारी दिएका हुन्।

उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,‘मेरो कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ। म  चिकित्सकको सल्लाहअनुसार होम क्वारेन्टाइनमा बसेको छु।’

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो पारिएको छ। तर, संक्रमितको संख्या भने निरन्तर बढ्दो क्रममा छ। अहिलेसम्म पाकिस्तानमा ६७ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: : 2020-05-30 19:29:42

प्रतिकृया दिनुहोस्