ओबामाद्वारा अश्वेतमाथि रंगभेदी व्यवहार हुनु ‘आम’ भएको टिप्पणी

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले मिनियापोलिसमा जर्ज फ्लोइडको मृत्यु भएयता देशभर भइरहेको  प्रदर्शनबारे मुख खोलेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै अश्वेतहरुमाथि रंगभेदी व्यवहार हुन ‘आम’ भइसकेको प्रतिकृया दिएका छन्।

उनले  रंगभेद र अश्वेत अमेरिकीमाथिको असमान व्यवहारबाट माथि उठ्दै ‘नयाँ अवस्था’काे वातावरण सिर्जना गर्न कानून निकायसहित सबैले मिलेर काम  गर्न आवश्यक रहेकाे पनि बताएका छन्।

‘महामारी र आर्थिक संकटले हाम्रा सबै कुरा पल्टिएका बेला जीवन फेरि सामान्य अवस्थामा फर्कियोस् भनेर काम गर्नु स्वभाविक छ,’ ओबामाले भनेका छन्,‘तर हामीले याद गर्नुपर्छ कि दशौं लाख अमेरिकीलाई रंगभेदका आधारमा फरक व्यवहार गरिएको छ। उनीहरु दुखित, पीडित र फ्रस्टेड हुनु ‘आम’ भइसकेको छ। अब सबै मिलेर यसको अन्त्य गर्नुपर्छ।’

उनले यो घटनालाई सामान्यरुपमा लिन नहुने पनि बताएका छन्। 

ओबामाले आफ्ना साथीसँग भएको अर्को एक कुराकानीको सन्दर्भको उदाहरण दिँदै भनेका छन्,‘साथीले १२ वर्षीय किडरोन ब्रायन्टको भाइरल गीतमा फ्लोइडको हत्या र वर्तमान अवस्थाप्रतिको आफ्नो अनुभवबारे बताएका थिए। अहिले उनको गीतले अश्वेत अमेरिकीको भय र आशालाई अभिव्यक्त गरेर चर्चा कमाइरहेको छ।’ 

ओबामाले अश्वेतका जातिका लागि ब्रायन्डले बनाएको गीतमा आफूले गर्न सक्ने सबै कुरा उल्लेख गरेर पनि बताएका छन्।

‘म अश्वेत युवक हुँ। उभिनका लागि आफुले गर्नसक्ने सबै गरेको छु,’ ब्रायन्टले गाएका छन्, ‘ तर जब म आसपास हेर्छु र  म जस्ता व्यक्तिप्रति के गरिएको छ भनेर देख्छु। तब मलाई प्रार्थना गर्न मन लाग्छ।’

प्रकाशित मिति: : 2020-05-30 22:24:55

प्रतिकृया दिनुहोस्