वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी रहेनन्

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ ।

आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित  निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। उनको आजै पशुपतीस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए। सुगर, प्रेसर राेगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।

उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा देखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए ।

चन्दकी एक छोरी र श्रीमती छन् ।

प्रकाशित मिति: : 2020-05-31 13:39:03

प्रतिकृया दिनुहोस्