लकडाउन रामवाण हैन, यसले मात्र समस्याको समाधान गर्दैन !

सम्पूर्ण क्षेत्रको एउटै स्वर : यसरी सकिन्छ कोरोना सङ्क्रमण रोक्दै लकडाउन खुकुलो पार्न

शम्भु दंगाल

गत जेठ १२ गते देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउनका बेला पनि विभिन्न आयोजनाहरुको काम नरोकिएको फेहरिस्त प्रस्तुत गरेका थिए । कोरोना महामारीका बीच पनि माथिल्लो तामाकोसी, मेलम्ची, पोखरा, भैरहवा र काठमाडौँ विमानस्थल निर्माण/विस्तार तथा रानीपोखरी, धरहरा लगायत पुनर्निर्माणका काम अगाडि बढाउन सकिएको उल्लेख गरेका थिए । यस्तै नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगलाई सञ्चालनको अनुमति दिइने, प्रशासनको निगरानीमा उद्योग व्यवसाय सञ्चालनको  प्रबन्ध मिलाइने, आवश्यक वस्तुको आन्तरिक ढुवानी र आयात निर्यात सहज बनाइने उल्लेख गरेका थिए । प्रधानमन्त्री ओलीको यो आशय लकडाउन मात्र गर्ने हो भने अर्थतन्त्र थप धराशायी हुन्छ । बरु व्यक्तिगत दूरी कायम गर्दै प्रशासनको निगरानीमा बन्द उद्योग खुलाउने उल्लेख गरेका थिए ।

प्रकाशित मिति: : 2020-06-01 14:12:36

प्रतिकृया दिनुहोस्